सनराइज बैंकको नाफा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकको नाफा कति ?



काठमाडौँ । सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ९४ करोड ९४ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ०.५३ प्रतिशतले मात्र धेरै हाे । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ९४ करोड ४३ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा बैंककाे खुद व्याज आम्दानी ११.३१ प्रतिशतले घटेर १ अर्ब ८१ करोड ५८ लाख २४ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब ४ कराेड ७४ लाख ३५ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेकाे थियाे ।

त्यसैगरी, दोस्रो त्रैमासमा बैंकले १ अर्ब ३५ करोड ६३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । उक्त मुनाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा ०.८३  प्रतिशतले धेरै हाे । 

त्यस्तै, बैंककाे चुक्ता पूँजी ९ अर्ब ४८ करोड ७९ लाख रुपैयाँ, शेयरधनी कोषमा ७९ करोड ३४ लाख रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ रहेकाे छ । बैंककाे प्रतिशेयर आम्दानी २० रुपैयाँ १ पैसा र प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ६७ पैसा रहेकाे छ । 

प्रकाशित : १४ माघ २०७७, बुधबार १०:४२