सानिमा लार्ज क्याप फण्डमा कति पर्यो आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा लार्ज क्याप फण्डमा कति पर्यो आवेदन ?



काठमाडाै । सानिमा क्यापिटल लिमिटेडले माघ ९ गते, शुक्रबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे “सानिमा लार्ज क्याप फन्ड” नामक सामुहिक लगानी कोषमा दाेश्राे दिनसम्ममा ४५ करोडको आवेदन परेकाे छ ।

आइतबार बेलुका ५ बजेसम्ममा ३६ हजार ८ सय ४० जना आवेदकले ४५ करोड ५८ हजार एक सय रकमकाे आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । .

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन खुल्ला गरेकाे हाे । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक सानिमा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्नेछ । यो सात वर्षे बन्दमुखी प्रकृतिको योजना हो ।

उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड इकाईसम्म माघ १३ गते मंगलबारसम्म आवेदन दिन पाइनेछ । यस अवधिमा पर्याप्त आवेदन नपरेमा माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

प्रकाशित : ११ माघ २०७७, आईतवार १७:४५