सेयर बजारले २४ सयको बिन्दु पार गर्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेयर बजारले २४ सयको बिन्दु पार गर्यो



काठमाडाै । सेयर बजारले उकालो यात्रा तय गरेको छ । आज सेयर बजारले २४ सयको बिन्दु पार गरी नयाँ रेकर्ड कायम गरेको हो ।


आज नेप्से परिसूचक ५०.२० अंकले बढेर २४२४.८४ अंकमा पुगेको हो । नेप्से २.११ प्रतिशले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ६.४७ अंकले बढेर ४५२.०६ अंकमा पुगेको छ ।


कुल २ सय ७ वटा कम्पनीको १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार २२० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ११ वटा उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी १ वटा मात्र उपसमुहको सेयर घटेको छ ।

प्रकाशित : ११ माघ २०७७, आईतवार १५:४१