नेपाल इन्सुरेन्सको १० प्रतिशत लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्सुरेन्सको १० प्रतिशत लाभांश घोषणा



काठमाडाै । नेपाल इन्सुरेन्सले १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ८प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित २प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

यसले कुल ९ करोड २० लाख २५ हजार ७९ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, २ करोड ३० लाख ६ हजार २७० रुपैयाँ नगदमा खर्च गर्नेछ ।

नियामक निकाय र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । गत वर्ष कम्पनीले ५प्रतिशत बोनस सेयर र २.८९प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

हाल नेपाल इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी १ अर्ब २४ करोड २३ लाख रुपैयाँ पुग्नेछ ।

नियामक निकाय र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।

गत वर्ष कम्पनीले ५प्रतिशत बोनस सेयर र २.८९प्रतिशत नगद लाभांश वितरण गरेको थियो । हाल नेपाल इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार रुपैयाँ रहेको छ ।

बोनस वितरणपछि चुक्ता पुँजी १ अर्ब २४ करोड २३ लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित : ९ माघ २०७७, शुक्रबार १४:५७