नेप्से दोहोरो अंकले बढ्यो, ७ अर्ब ७९ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्से दोहोरो अंकले बढ्यो, ७ अर्ब ७९ करोडको कारोबार



काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले साताको अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकले बढेको छ ।

आज नेप्से ३१.८७ अंकले बढेर दुई हजार तीन सय ७४ दशमलब ६४ विन्दुमा पुगेको छ । यो विन्दु हालसम्मकै उच्च विन्दु हो ।

त्यस्तै, आज भने ७ अर्ब ७९ करोड ८५ लाखको कारोबार भएको छ भने आज कारोबार भएका कूल १२ उपसमूहमध्ये २ समूह बाहेक अन्य समूह बढेका छन् ।

प्रकाशित : ८ माघ २०७७, बिहीबार १५:३९