प्राइम लाइफ इन्स्योरेन्सको लाभांस तपाईको खातामा आयो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्राइम लाइफ इन्स्योरेन्सको लाभांस तपाईको खातामा आयो ?



काठमाडाै । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेकाे छ ।

कम्पनीको पाैष २७ गते साेमबार सम्पन्न भएकाे तेर्हाैँ वार्षिक साधारण सभाले पारित गरेकाे हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश पुस १६ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे बैंक खातामा जम्मा गरिएकाे कम्पनीले जनाएकाे छ ।

त्यसैगरी, कम्पनीले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे लाभांश प्राप्त गर्नका लागि आग्रह गरेकाे छ । कम्पनीकाे शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

प्रकाशित : ७ माघ २०७७, बुधबार ११:०७