नेपाल लाइफले सेयर मूल्य परिवर्तन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

नेपाल लाइफले सेयर मूल्य परिवर्तन गर्ने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको प्रतिशेयर मूल्य १०० रुपैयाँलाई परिवर्तन गरी प्रतिसेयर मूल्य ५० रुपैयाँ बनाउने प्रस्ताव सहित वार्षिक साधारण सभा आह्वान गरेको हो ।

सभामा आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसैगरी, सभामा कम्पनीको प्रति सेयर मूल्य हाल एक सय रुपैयाँ रहेकोमा त्यसलाई घटाएर ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पनि पेश हुँदैछ ।

यो प्रस्ताव नियामक निकायले स्वीकृति दिएपछि मात्र लागू हुनेछ । साधारण सभा माघ २८ गते, बुधबार, होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजेबाट हुनेछ ।

प्रकाशित : ६ माघ २०७७, मंगलबार १०:५० 19 January, 2021 10:50 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।