गुडविल फाइनान्सकाे २६ औं वार्षिक साधारण सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गुडविल फाइनान्सकाे २६ औं वार्षिक साधारण सम्पन्न



काठमाडाै । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २६ औं वार्षिक साधारण बुधवार सम्पन्न भएको छ । साधारण सभामा कम्पनीका अध्यक्ष विश्व प्रकााश साखःले आ.व. २०७६/०७७ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा २३.१८५ ले वृद्धि गरी रु.८,४९,३९,९८,७१७ तथा कर्जा तर्फ १५.८८ प्रतिशत ले वृद्धि गरी रु. ६,८४,०५,४५,५०४ पु¥याएको छ । साधारणसभाले गत वर्षको नाफाबाट ८.४ प्रतिशत बोनस शेयर तथा ३.६ प्रतिशत नगद लाभांश गरि जम्मा १२ प्रतिशत वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको छ ।

साधारणसभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरले गत बर्ष विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण नेपाल सरकारले घोषण गरेको बन्दाबन्दी तथा यसबाट उत्पन्न भएका अन्य विविध समस्याका विच पनि संस्थाले अपेक्षाजनक रुपमै कार्य गरेको र लगानीकर्ताहरुलाई गत बर्ष भन्दा बढी प्रतिफल दिन सकेको वताए ।

प्रकाशित : २९ पुष २०७७, बुधबार १८:२६