एटीएमबाट पैसा निकाल्दा २० रुपैयाँसम्म शुल्क लाग्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एटीएमबाट पैसा निकाल्दा २० रुपैयाँसम्म शुल्क लाग्ने



काठमाडौं । एउटा बैंक तथा वित्तीय संस्थाले जारि गरेको एटिएमबाट अर्को बैंकमा प्रयोग गर्दा २० रुपैयाँ सम्म शुल्क लाग्ने भएको छ । यस अघि पैसा लिन पाउने व्यवस्था थिएन । आज बैंक तथा वित्तीय संस्थताहरुको लागि नयाँ व्यवस्था गर्दै राष्ट्र बैंकले मासिक २ वटासम्म कारोबार निःशुल्क गर्न सकिने व्यवस्था मिलाउन सकिने जनाएको छ । २ वटाभन्दा बढी कारोबारका हकमा प्रति कारोबार २० रुपैयाँसम्म शुल्क लिन सकिने व्यवस्था गरिएको छ ।

यस्तै, राष्ट्र बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ प्रयोग गर्ने सेवाग्राहीको लागि पनि शुल्क तोकेको छ भने ग्राहकले मोबाइल तथा इन्टरनेट बैंकिङको युजरनेम तथा पासवर्ड भुलेमा आफै रिसेट गर्न सक्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

प्रकाशित : २३ पुष २०७७, बिहीबार २०:२७