एनसिसि बैंकको साधारण सभा माघ ९ गते, यस्ता छन् एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनसिसि बैंकको साधारण सभा माघ ९ गते, यस्ता छन् एजेन्डा



काठमाडाै । नेपाल क्रेडिट एण्ड कमर्स बैकले २३ औं साधारण सभा डाकेको छ । बैंकले माघ ९ गते विहान १० बजे बैंकको केन्द्रिय कार्यलय बागबजारमा साधारण सभा डाकेको हो ।


बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १०.२६९५ प्रतिशत बोनश सेयर र ०.५४०५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

साधारण सभाले लाभांश पारितका साथै बैंकको प्रबन्धपत्रमा संसोधन गर्ने, प्रबन्धपत्र संसोधन प्रयोजन लागि सञ्चालक समितीलाई अख्तियारी दिने,बैंकले अन्य बैंक तथा बित्तिय संस्थाहरु संग मर्ज वा एक्वीजिशन सम्बन्धीकार्यका लागि सञ्चालक समितीलाई अख्तियारी दिने लगायत विविध बिषयमा छलफल गरी र्निणय गर्ने छ ।

बैंकले पुस २१ गतेका लागि बुकक्लोज गर्ने र्निणय गरेको थियो । पुस २० गतेसम्म कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।


बैंकले आज एक सूचना जारी गर्दै भर्चुअल बिधीबाट साधारण सभामा आफ्नो मन्तव्य राख्न चाहाने सेयरधनीहरुले साधारण सभा हुनु भन्दा ४८ घण्टा अगाडी बैंकको मेलमा आफ्नो नाम टिपाउनका लागि अनुरोध गरेको हो ।

साथै प्रतिनिधी नियुत्त गरी सक्नुभएका सेयरधनीहरु आफै सहभागी हुन चाहेमा सोको लिखित सूचना सभा हुनुभन्दा ४८ घण्टा अघि कार्यलय समय भित्र बैंकको केन्द्रिय कार्यलय स्थित र्निवाचन कार्यलयमा दर्ता गराइसक्नु पर्ने छ ।

प्रकाशित : २३ पुष २०७७, बिहीबार १२:५९