सानिमा बैंकको ऋणपत्र बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा बैंकको ऋणपत्र बाँडफाँड



काठमाडाै । सानिमा बैंक लिमिटेडले पाैष १ गते, बुधबारबाट पाैष १५ गते, बुधबारसम्म निष्कासन तथा बिक्री खुला गरेकाे ऋणपत्र बाँडफाँड गरिएकाे छ ।

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरुलाई पुस २१ गते मंगलबार धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, निष्कासनकर्ता कम्पनीको प्रतिनिधि तथा सार्वसाधारणहरुको उपस्थितिमा ऋणपत्र बाँडफाँड गरिएको हो । बैंकको सञ्चालक समितिले भने पुस २२ गते, बुधबार बाँडफाँडलाई अनुमोदन गरेको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

बैंकले १० वर्ष अवधिकाे लागि ‘१०.२५ प्रतिशत सानिमा बैंक डिबेन्चर २०८६’ नाममा ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेकाे थियाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गरेकाे थियाे । यसैगरी, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ८० हजार कित्ता कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको थियाे ।

प्रकाशित : २३ पुष २०७७, बिहीबार १०:१६