मेरो माइक्रोफाइनान्सले १७.८२ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मेरो माइक्रोफाइनान्सले १७.८२ प्रतिशत लाभांश दिने



काठमाडाै । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । हिजो सोमबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २८ गते (मंगलबार) नुवाकोटको बट्टारस्थित होटेल वाटर टावरमा सभा बिहान ११ बजेबाट बस्दैछ।

साधारण सभामा लघुवित्तले ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रमुख एजेन्डा पेश गर्दैछ ।बैंकको हाल कायम चुक्तापुँजीको १६.९३ प्रतिशत बोनस शेयर र करसहित ०.८९ प्रतिशत नगद लाभांश गरि कुल १७.८२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले यही पुस १७ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १६ गतेसम्म कायम शेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।

प्रकाशित : 22 December, 2020 12:00 pm