नेपाल पूर्वाधार बैंकको डेपुटी सिईओमा पाण्डे नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल पूर्वाधार बैंकको डेपुटी सिईओमा पाण्डे नियुक्त



काठमाडाै । नेपाल पूर्वाधार बैंकको निमित्त सिईओमा डेपुटी सिईओ भुपेन्द्र पाण्डे नियुक्त भएका छन् ।

बैंकका सिईओ अनिल ज्ञवालीको कार्यकाल सकियसँगै नयाँ सिईओ नआउदासम्मको लागि निमित्त सिईओको रुपमा नियुक्त गरिएको हुन्छ ।

बैंकका सूचना अधिकारी सुवर्ण कुमार सिंहले हिजो बसेको बैंक सञ्चालक समितिको बैठकले तत्कालका लागि पाण्डेलाई कार्यकारी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको सो बैंकले जनाएको छ ।

पाण्डेले बैंक तथा बीमा कम्पनीमा गरी १९ वर्ष काम गरेर अनुभव बटुलिसकेका छन् । उनी एनएलजी इन्स्योरेन्स कम्पनीमा सञ्चालक भएर समेत काम गरिसकेका बीमाबारे जानकार व्यक्ति हुन् ।

प्रकाशित : १ पुष २०७७, बुधबार १४:३५