नेपाल सेवा लघुवित्त मर्जरमा जाने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल सेवा लघुवित्त मर्जरमा जाने



काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का गरिएकाे छ । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड र विन लघुवित्त वित्तीय संस्था लिमिटेडले हिजाे (मंसिर ३० गते, मंगलबार) एक आपसमा गाभिने सम्बन्धि सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

त्यसैले, बैंक तथा  वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर काराेबार आज (पाैष १ गते, बुधबार) बाट राेक्का गरिएकाे नेप्सेले जनाएकाे छ ।

प्रकाशित : १ पुष २०७७, बुधबार १३:५४