सेञ्चुरी कमर्सियल बैंकले गर्यो लाभांश दिने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेञ्चुरी कमर्सियल बैंकले गर्यो लाभांश दिने घोषणा



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेञ्चुरी कमर्सियल बैंक लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ ।

बैंककाे आज (मंसिर २९ गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५.२५ प्रतिशत बोनस शेयर र २.२५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ७.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित : २९ मंसिर २०७७, सोमबार १२:३७