एनआईसी एशियाको साधारणसभाले पारित गयो २० प्रतिशत लाभांश प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशियाको साधारणसभाले पारित गयो २० प्रतिशत लाभांश प्रस्ताव



एन आई सी एशिया बैंक लिमिटेड शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने भएको छ । आज सम्पन्न बैंकको २३ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६÷७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

१९ प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी रू. ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ पुगेको छ ।

बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै वार्षिक साधारण सभामा अनलाइन प्रविधिमार्फत सहभागी हुने व्यवस्था गरिएको थियो ।

बैंकले मुलुकभर ३३० शाखा कार्यालय, ४७० एटिएम, ९९ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकका नायब प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाले जनाएका छन् ।

प्रकाशित : २१ मंसिर २०७७, आईतवार १३:३३