महालक्ष्मी विकास बैंक र एसआरएल डायगनोस्टिकबिच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महालक्ष्मी विकास बैंक र एसआरएल डायगनोस्टिकबिच सम्झौता



काठमाडौं । महालक्ष्मी विकास बैंक र एसआरएल डायगनोस्टिकसँग सम्झौता गरेको छ ।सम्झौतापत्रमा बैंकका तर्फबाट महाराजगंज शाखाका प्रमुख पल्लभ श्रेष्ठ र कम्पनीका तर्फबाट नायब बजार प्रमुख अजय यादवले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापश्चात् बैंकका डेबिट कार्ड प्रयोगकर्ताहरु र कर्मचारीहरुले एसआरएल. डायगनोस्टिकमा उपचार गराउँदा प्रयोगशाला परिक्षणमा छुट पाउने भएका छन् ।

उक्त सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोगकता कर्मचारीहरुले प्रयोगशालाका सम्पूर्ण परिक्षणमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : २४ कार्तिक २०७७, सोमबार १३:१५