नेपाल स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा सन्तोष मैनाली चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा सन्तोष मैनाली चयन



काठमाडाै । नेपाल स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा सन्तोष मैनाली चयन भएका छन् । एशोसिएसनको २६ औं वार्षिक साधारणसभाबाट मैनाली निर्विरोध चयन भएका हुन्।

उनी सेक्योक्योर्ड सेक्युरिटका संचालक हुन्। एशोसिएसनको उपाध्यक्षमा धर्मराज सापकोटा, महासचिवमा गुणानिधि भुसाल, सचिवमा रणदेव पन्त, कोषाध्यक्षमा भक्तिराम घिमिरे सर्वसम्मत भएका छन्।

त्यस्तै सदस्यहरुमा रवीन्द्र श्रेष्ठ, फणिन्द्र ढकाल, सुयोग अधिकारी, मित्रलाल श्रेष्ठ र मदन पौडेल चयन भएका हुन ।

कार्यसमितिमा अध्यक्ष सहित ६ जना नयाँ छन् भने चार जना कार्यसमितिमा रहिसकेका व्यक्ति हुन्। एशोसिएसनका निवर्तमान अध्यक्ष भरत रानाभाटको कार्यकाल असोज १२ गते सकिएको थियो।

प्रकाशित : २१ कार्तिक २०७७, शुक्रबार १०:५८