ग्लोबल आइएमई बैंकले थप्याे २ नयाँ शाखारहित बैंकिङ्ग सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई बैंकले थप्याे २ नयाँ शाखारहित बैंकिङ्ग सेवा



काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले भोजपुरको झ्याउपोखरी र धनुषाको हाथमुण्डामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । याे सँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३१ पुगेको छ ।

बैंकले भोजपुरको जिल्लाको सदानन्द गाँउपालिका वडा नं. ११, झ्याउपोखरीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा ङंदिरा घले र धनुषा जिल्लाको कमला नगरपालिका वडा नं. ७, हाथमुण्डामा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा धर्मेन्द्र कुमार महतोलाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL/NTC को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ती स्थानहरूमा शाखारहित बैंकिङ्ग सेवा शुरू गरेको छ ।

प्रकाशित : २१ कार्तिक २०७७, शुक्रबार १०:५२