मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विशेष छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विशेष छुट

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरूलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै विभिन्न व्यवसायिक संस्थाहरूसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

बैंकले ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा १० प्रतिशत, धुलिखेल माउण्टेन रिर्सोट धुलिखेल होटल तथा रिर्सोट १० प्रतिशत, स्तुपा रिर्सोट नगरकोट होटल तथा रिर्सोटमा १५ प्रतिशत, जम्बाला रिर्सोट खोटाङ्ग होटल तथा रिर्सोटमा १५ प्रतिशत, ल्याण्डमार्क होटल काठमाडौं, पोखरा र चितवन होटल, रिर्सोट तथा स्पा १५ प्रतिशत, ओडान ग्रुप अफ कम्पनी काठमाडौं रेस्टुरेन्ट १५ प्रतिशत, देव कर्नर ज्वेलरी काठमाडौं गरगहना सम्बन्धी सेवा ३० प्रतिशतसम्म छुट दिने सहमति भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले माथि उल्लेखित व्यवसायिक संस्थाहरूबाट सेवा लिदा १० देखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यसरी विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिड–१९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरूले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको जनाएको छ ।

प्रकाशित : १७ कार्तिक २०७७, सोमबार १०:१४ 2 November, 2020 10:14 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।