माछापुच्छ्रे बैंकको साधारण सभा स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंकको साधारण सभा स्थगित



काठमाडाै । माछापुच्छ्रे बैंकले कार्तिक ६ गते आह्वान गरेको बैंकको २२ औं बार्षिक साधारण सभा स्थगित गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको संचालक समितिको बैठकले कात्तिक ६ गते पोखरामा गर्ने भनिएको वार्षिक साधारणसभा स्थगितको निर्णय गरेको हो । बैंकले अर्को सूचना मार्फत साधारणसभाको नयाँ मिति सार्वजनिक गरिने जनाएको छ ।

बैंकको सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश गर्ने तयारी गरेको थियो । बैंकले गत आर्थिक बर्षको कमाईबाट ७.०३ प्रतिशत बोनस तथा कर प्रयोजन सहित ३.३७ प्रतिशत नगद सहित्कुल १०.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले कुल ८७ करोड ९६ लाख बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रकाशित : २ कार्तिक २०७७, आईतवार १२:३९