शेयर ब्रोकरका कर्मचारीमा कोरोना , अनलाइन मार्फत कारोबार गर्न आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शेयर ब्रोकरका कर्मचारीमा कोरोना , अनलाइन मार्फत कारोबार गर्न आग्रह



काठमाडौं। स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले अनलाइनमार्फत नै सेयर कारोबार गर्न लगानीकर्तासँग आग्रह गरेको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ को संक्रमण नेपालमा समेत दिनानुदिन बढिरहेको भन्दै एसोसिएसनले ब्रोकर कार्यालयमा ग्राहकको बढ्दो भिडका कारण ग्राहक स्वयं तथा कार्यालयमा कार्यारत कर्मचारीहरुसमेत उच्च जोखिममा परेको जारी विज्ञप्तिमा उल्लेख छ।

संघले कतिपय कम्पनीहरुमा कार्यरत कर्मचारीमा कोरोना संक्रमणसमेत देखिसकेको जनाएको छ। हाल भौतिक उपस्थिति बिनानै धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नका लागी खाता खोल्न, कारोबार गर्न, राफसाफ गर्न तथा कारोबारसँग सम्वन्धित सम्पूर्ण कार्य गर्न सकिने संघले विज्ञप्तिमा भनेको छ।

‘सेयर कारोबार विद्यतीय माध्यमबाट नै गर्न सक्ने अवस्था रहेकाले सम्पूर्ण लगानीकर्ता तथा संघका सदस्यलाई विधुतीय माध्यमबाट मात्र गर्न गराउन आग्रह छ,’ संघले भनेको छ।

प्रकाशित : २३ आश्विन २०७७, शुक्रबार १४:२८