दुबईबाट सिटी एक्सप्रेसमा रकम पठाउँदा ६ लाखसम्म पुरस्कार जित्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

दुबईबाट सिटी एक्सप्रेसमा रकम पठाउँदा ६ लाखसम्म पुरस्कार जित्न सकिने



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्स्फर र दुबई स्थित AL Fardan Exchangeको संयुक्त सहकार्यमा यसपालीको दशैं तिहारलाई लक्षित गर्दै “दशैं तिहार बम्पर धमाका” सार्वजनिक गरिएको छ ।

सो योजना अन्तर्गत दुबईको AL Fardan Exchangeबाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउदा आकर्षक उपहार तथा नगद उपहार जित्न सकिने कम्पनीले बताएको छ । यस योजनामा बिजेता छनोट लक्की ड्र मार्फत गरिनेछ र बिजेताहरुले हरेक हप्ता टि भी , माईक्रोवेभ जस्ता घरेलु उपकरण देखी ६ लाख नगदसम्मको बम्पर उपहार जित्न सकिने कम्पनीले बताएको छ । यो योजना नोभेम्बर १४ सम्म रहने कम्पनीले बताएको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्षदेखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : २२ आश्विन २०७७, बिहीबार ०६:३१