कुमारी बैंकद्धारा निःशुल्क पीसीआर परीक्षण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कुमारी बैंकद्धारा निःशुल्क पीसीआर परीक्षण



काठमाडौं । कुमारी बैंक लिमिटेडले निःशुल्क पीसीआर परीक्षण क्याम्प आयोजना गरेको छ । बैंकले हाल द्रूत गतिमा बढ्दै गएको कोभिड–१९को संक्रमणसँग जुध्नका लागि काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी “निःशुल्क पीसीआर परीक्षण क्याम्प” आयोजना गरेको हो ।

सो क्याम्प यहि असोज १९ गते काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा, २० गते कुमारी बैंकको न्युरोड शाखामा, तथा २१ गते कुमारी बैंकको पुतलीसडक शाखामा आयोजना गरेको जानकारी बैंकले दिएको छ । क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई पीसीआर परीक्षण गराउने व्यक्तिको कोरोना सङ्क्रमण भए–नभएको रिपोर्ट फोनबाट नै जानकारी गराएको छ ।

कोरोना भाइरसको संक्रमण नेपालको स्वास्थ्य संरचनालाई अत्यन्तै मर्माहित तुल्याएका कारण यस्तो अवस्थासँग डटेर लड्ने कदम कुमारी बैंक लिमिटेडले काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी चाल्ने प्रयास गरेको हो ।

कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी श्री सुरेन्द्र भण्डारीले भने, “आगामी दिनहरूमा पनि यस्तो विषम परिस्थिति सिर्जना भई हामीले पुनः निःशुल्क क्याम्प आयोजना गर्नुपरेमा हामी दत्तचित्त भई लागी पर्नेछौं ।”

प्रकाशित : २१ आश्विन २०७७, बुधबार १८:२३