ग्लोबल आईएमइले स्पर्स लघुवित्तलाई गाभ्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आईएमइले स्पर्स लघुवित्तलाई गाभ्ने



काठमाडाै । ग्लोबल आईएमइ लघुवित्तले स्पर्स लघुवित्तलाई गाभ्ने भएको छ । ग्लोबल आईएमइ लघुवित्त र स्पर्स लघुवित्त बिच मंगलबार मर्जर सम्झौतामा हस्ताक्षर भएसँगै २ लघुवित्त गाभिने भएका हुन् ।

सम्झौतामा ग्लोबल आईएमई लघुवित्तको तर्फबाट अध्यक्ष बुद्धि अकेला र स्पर्सको तर्फबाट अध्यक्ष प्रा।डा। सुशील भक्त माथेमाले हस्ताक्षर गरेका छन् ।

हाल ग्लोबलको चुक्ता पुँजी २५ करोड ९५ लाख रहेको छ भने स्पर्सको चुक्ता पुँजी ९ करोड ३७ लाख रहेको छ।

प्रकाशित : २१ आश्विन २०७७, बुधबार ११:२९