माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडाै । माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज असोज २१ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज असोज २१ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

बैंकले कार्तिक ६ गतेको लागि पोखरामा रहेको होटेल पोखरा ग्राण्डमा सभा आह्वान गरेको हो । बैंकको सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् ।

बैंकले गत आर्थिक बर्षको कमाईबाट ७.०३ प्रतिशत बोनस तथा कर प्रयोजन सहित ३.३७ प्रतिशत नगद सहित्कुल १०.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले कुल ८७ करोड ९६ लाख बराबरको लाभांश ब्तरण अग्रने प्रस्ताव गरेको हो ।

प्रकाशित : २१ आश्विन २०७७, बुधबार ११:०२