प्रभु बैंकको ‘ब्रान्ड एम्बास्डर’ मा प्रदीप र क्रिस्टिना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

प्रभु बैंकको ‘ब्रान्ड एम्बास्डर’ मा प्रदीप र क्रिस्टिना

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । चल्तीका अभिनेता प्रदीप खड्का र फिल्म ‘प्रेमगीत ३’ बाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी कृष्टिना गुरुङ प्रभु बैंकको ‘ब्रान्ड एम्बास्डर’ मा नियुक्त भएका छन् । बैंकले उनीहरुलाई एक वर्षको लागि ब्रान्ड एम्बास्डरमा नियुक्ति गरेको हो ।

बैंकका कार्यकारी अधिकृत अशोक शेरचनले सोमबार प्रभु बैंकको मुख्य कार्यालय अनामनगरमा प्रदीप र क्रिस्टिनासँग सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नेपाली फिल्मका दुई लोकप्रिय कलाकारसँग सहकार्य गर्न पाएकोमा उनले खुसी व्यक्त गरेका छन् ।

प्रदीप र क्रिस्टिनाले फिल्म ‘प्रेमगीत ३’ मा एकसाथ स्क्रिन साझेदारी गरेका छन् । तर, कोरोनाका कारण यो फिल्म प्रदर्शनमा आउन सकेको छैन । उनीहरुले देशको प्रतिष्ठित बैंकको ‘ब्रान्ड एम्बास्डर’ को जिम्मेवारी पाएकोमा खुसी व्यक्त गरेका छन् ।

प्रकाशित : १९ आश्विन २०७७, सोमबार २१:५९ 5 October, 2020 9:59 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।