नेपाल बैंकको विशेष साधारणससभाले के के निर्णय गर्यो? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल बैंकको विशेष साधारणससभाले के के निर्णय गर्यो?



काठमाडौं । नेपाल बैंक लिमिटेडको विशेष साधारणससभाले सञ्चालक समितिमा साविकको व्यवस्थामा परिवर्तन गरी शेयरधनीको प्रतिनिधित्व बढाएको छ ।

भर्चुअलरुपमा आज गरिएको सभाले नेपाल सरकारबाट मनोनयन हुने चार सञ्चालकबाट घटाई तीन र सर्वसाधारण शेयरधनीका तर्फबाट निर्वाचित हुने दुईबाट वृद्धि गरी तीन कायम गर्ने व्यवस्था पारित गरेको छ ।

नियमावलीको सम्बन्धित दफामासंशोधन गर्नाका साथै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावलीलाई समयानुकूल अद्यावधिक गर्न प्रबन्धपत्र तथा नियमावलीका अन्य व्यवस्थामा संशोधन थपघट गर्ने प्रस्ताव सभाबाट पारित भएको बैकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

प्रकाशित : १९ आश्विन २०७७, सोमबार १९:४९