नेप्से ३.६३ अंकले घट्दा यी हुन सबै भन्दा बढी कमाउने कम्पनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्से ३.६३ अंकले घट्दा यी हुन सबै भन्दा बढी कमाउने कम्पनी



काठमाडाै । सेयर बजारमा सामान्य गिरावट गिरावट आएको छ । आज दिनभर सेयर बजारमा आएका १९३ वटा कम्पनीको ९४ लाख १६ हजार १ सय ५५ कित्ता सेयर विक्रि हुँदा २ अर्ब ५४ करोड ९३ लाख ५५ हजार ८ सय १२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज १२ वटा समूहको उपसूचक मध्य विकास बैंक समूहको उपसूचक १ दशमलव २४, होटल समूहको ० दशमलव २४, हाइड्रोपावर समूहको २ दशमलव १४, र म्युचुअल फण्ड ० दशमलव ८२ प्रतिशतले बढेको छ भने, बाँकी उपसूचक नकरात्मक रहेका छन् ।

त्यस्तै आजको दिनमा राइर्याङ हाइड्रोपावर र कामना सेवा विकाश बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन। यी दुई कम्पनीको आज सकरात्मक सर्किट लागेर बन्द भएका छन् ।

प्रकाशित : १९ आश्विन २०७७, सोमबार १५:२७