नेको इन्स्योरेन्सले १० लाख ७० हजार २ सय ६ कित्ता शेयर बिक्री गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेको इन्स्योरेन्सले १० लाख ७० हजार २ सय ६ कित्ता शेयर बिक्री गर्ने



काठमाडाै । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहकाे शेयर बिक्री गर्ने भएको छ । इन्स्योरेन्सले संस्थापक समूहकाे १० लाख ७० हजार २ सय ६ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जाे काेही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले असोज २० गते, मंगलबारबाट कार्तिक ४ गते, मंगलबारसम्म आवेदन पेश गर्न सक्नेछन् ।

शेयरकाे न्युनतम मूल्य प्रतिशेयर ३ सय ९५ रूपैयाँ ताेकिएकाे छ । त्यसैले लगानीकर्ताले साे वा साे भन्दा धेरै मूल्य अंकित गरि बाेलकबाेल गर्नुपर्नेछ ।

त्यसैगरी, लगानीकर्ताले न्युनतम ५ हजार कित्ताको आवेदन दिनुपर्नेछ । अधिकतम शेयर संख्याको भने हद लाग्ने छैन । शेयर बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रकाशित : १९ आश्विन २०७७, सोमबार १३:२३