शेयर खरिदका लागी सस्तो व्याजदर चाहियो ? कुमारी बैंकमा जानुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शेयर खरिदका लागी सस्तो व्याजदर चाहियो ? कुमारी बैंकमा जानुस्



काठमाडौँ । कुमारी बैंक लिमिटेडले नेपाल धितोपत्र विनिमय बजारमा कारोबार हुने शेयर खरिदका लागी सस्तो व्याजदरमा कुमारी मार्जिन लेन्डिंग योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत शेयर किन्नु अघि कुनै धितो आवश्यक नपर्ने, कर्जा लिई किनिएको शेयर खरिद पश्चात् सोही शेयर धितोमा रहने प्रावधान रहेको छ।

साथै, यस कर्जा मार्फत शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ब्रोकर मार्फत बैंकमा सम्पर्क गरी कर्जा स्वीकृत गराउन सकिनेछ । उक्त कर्जा योजना हालसम्मकै निकै आकर्षक तथा उपयोगी रहेको बैंकले जनाएको छ। हाल बजारमा प्रवाह हुने शेयर कर्जाहरूमा शेयर खरिद गर्नु अघि नै धितो आवश्यक रहने गरेको छ।

शेयर बजारमा लगानी गर्न चाहने तर अर्थको अभावले लगानीबाट वञ्चित सर्वसाधारणहरूलाई मध्यनजर गर्दै उक्तकर्जा सुविधा ल्याईएको बैंकले जनाएको छ । साथै, कोभिड १९ को यस विषम परिस्थितिमा सीमीत भएको लगानीयोग्य क्षेत्रर सोही परिस्थितिमा आकर्षक बनेको शेयर बजारलाई मध्यनजर गर्दै, उक्त कर्जा योजना ल्याईएकोे हो । ७० वर्षसम्म उमेर पुगेकाले उक्त कर्जा योजनाको लाभ उठाउन सक्नेछन् र उचित परामर्श, न्यूनतम प्रोसेसिङ्ग फी एवं ७२ घण्टामै कर्जा प्रवाह हुने जस्ता आकर्षक सुविधाहरू दिइने बैंकका पधादिकारीले जनाएका छन् ।

प्रकाशित : १५ आश्विन २०७७, बिहीबार १७:५९