सिटीजन्स लाइफ इन्स्योरेन्सले आइपीओ निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिटीजन्स लाइफ इन्स्योरेन्सले आइपीओ निष्काशन गर्ने



काठमाडौं । सिटीजन्स लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशनको प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

आईपीओ निष्कासन सम्झौतापत्रमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनआइबिएल एस क्यापिटलको तर्फबाट नायब कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

कम्पनीले ७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको चुक्तापूँजी एक अर्ब ७५ करोड रुपैयाँ छ । ७५ करोडको आईपीओ पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।

अब कम्पनीले आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ। बोर्डबाट स्वीकृती पाए पश्चात कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।

प्रकाशित : १३ आश्विन २०७७, मंगलवार १९:२८