ओरालो यात्रामा शेयर बजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ओरालो यात्रामा शेयर बजार




काठमाडाै । शेयर बजारले ओरालो यात्रा तय गरेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको तेस्रो दिन आज (मंगलबार) घटेको हो । आज नेप्से ७.२१ अंकले घटेकोे हो । नेप्सेका अनुसार सोमबार १ अर्ब ८२ करोड ९८ लाख बढीको कारोबार भएको छ भने नेप्से घटेर १ हजार ५५३ दशमलव ६२ विन्दुमा कायम भएको छ ।


कूल १९२ वटा कम्पनीकाे एक कराेड ७२ लाख ८० हजार ६ सय ६५ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ८२ करोड ३२ लाख ८३ हजार १ सय ७५ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।


स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ३ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ९ वटा उपसमूहकाे शेयर घटेकाे छ ।


त्यसैगरी, मंगलबार काराेबार रकमकाे आधारमा अरुण कावेली पावर लिमिटेडले अग्रता कायम गरेको छ । कम्पनीको १७ कराेड ३९ लाख ५० हजार ५४ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।

प्रकाशित : १३ आश्विन २०७७, मंगलवार १५:३७