गुराँस लाइफ इन्स्योरेन्सको शेयर मंगलबारबाट बिक्रीमा,यस्तो छ प्रकृया « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गुराँस लाइफ इन्स्योरेन्सको शेयर मंगलबारबाट बिक्रीमा,यस्तो छ प्रकृया



काठमाडाै । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले (असाेज १३ गते, मंगलबार) बाट शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीले असार १४ गतेदेखि साउन ४ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको ५ लाख ९० हजार १४ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेकाे हाे । जसमध्ये, ३ लाख ३७ हजार ५ सय ६५ कित्ता संस्थापक समूहको शेयर रहेको छ भने २ लाख ५२ हजार ४ सय ४९ कित्ता शेयर सर्वसाधारण समूहको रहेको छ।

लगानीकर्ताले असोज १३ गते मंगलबारदेखि असाेज १९ गते साेमबारसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्युनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० अंकले भाग जाने संख्यामा वा बीमा समितिले तोकेको प्रति व्यक्ति सीमाको अधिनमा रहने गरी सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् ।


लगानीकर्ताहरुले एनएमबि क्यापिटल, नागपोखरी काठमाडौँ, एनएमबि बैंकका विराटनगर, झापा, विरगंज, जनकपुर, हेटौँडा, चितवन, पोखरा, बाग्लुङ्ग, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको दाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : १२ आश्विन २०७७, सोमबार १३:२४