ग्लोबल आइएमई क्यापिटलले तेर्हौं वार्षिक साधारणसभा कार्तिक ३ गते, यस्ता छन् एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई क्यापिटलले तेर्हौं वार्षिक साधारणसभा कार्तिक ३ गते, यस्ता छन् एजेन्डा



काठमाडौँ । ग्लोबल आइएमई क्यापिटलले तेर्हौं वार्षिक साधारणसभा बोलाएको छ ।कम्पनीकाे असाेज ९ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकको निर्णयानुसार कम्पनीकाे तेर्हाैँ वार्षिक साधारणसभा कार्तिक ३ गते, साेमबार कम्पनीकाे रजिष्टर्ड कार्यालय जमल, काठमाडौंमा हुने भएको छ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट चुक्ता पूँजीको ६.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारीत गरिनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित बताइएको छ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।

सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

प्रकाशित : ११ आश्विन २०७७, आईतवार १४:०६