सुपर आँखुखोलामा लगानीलागि ३ अर्ब ४२ करोड ऋण लगानी जुट्यो,प्रभु बैंकको नेत्तृत्वमा कर्मचारी संचय कोष र कृषि विकास बैंकको लगानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सुपर आँखुखोलामा लगानीलागि ३ अर्ब ४२ करोड ऋण लगानी जुट्यो,प्रभु बैंकको नेत्तृत्वमा कर्मचारी संचय कोष र कृषि विकास बैंकको लगानी



काठमाडाै । प्रभु बैंकको सहबित्तियकरण नेतृत्वमा २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलबिद्युत आयोजनाको वित्तिय व्यबस्थापन सम्पन्न भएको छ ।

शुक्रवार सम्पन्न एक कार्यक्रममा कुल लागत ४ अर्ब ५६ करोड को सो आयोजनामा ७५ प्रतिशत अर्थात ३ अर्ब ४२ करोड ऋण लगानी गर्न प्रभु बैंकको नेतृत्वमा कर्मचारी संचय कोष र कृषि विकास बैंकले गोरक्ष हाइड्रोपावर प्रा.लि.द्धारा प्रवर्तित उक्त आयोजनासँग ऋण लगानी सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन ।

प्रभु बैंकले १ अर्ब ८२ करोड, कर्मचारी संचय कोषले ८५ करोड र कृषि विकास बैंकले ७५ करोड ऋण लगानी गर्ने सो आयोजनामा कुल लागतको २५ प्रतिशत, १ अर्ब १४ करोड कम्पनीले संस्थापक र सर्वसाधारण मार्फत जुटाउनेछ ।

ऋण संझौतामा सहबित्तियकरण नेतृत्व गर्ने प्रभु बैंकको तर्फबाट प्रमुख ब्यापार अधिकृत रेनु प्रसाद पाण्डेय, कर्मचारी संचय कोषका तर्फबाट ट्रेजरी तथा लगानी शाखा प्रमुख अर्जुन कुमार गौतम, कृषि विकास बैंकका तर्फबाट कर्जा लगानी शाखा प्रमुख मिनराज पोखरेल र गोरक्ष हाइड्रोपावर प्रा.लि.का तर्फबाट प्रबन्ध संचालक रघुनाथ पुरीले हस्ताक्षर गरेका हुन ।

धादिङ्ग जिल्लाको रुबीभ्याली गाउँपालिकामा निर्माणाधिन सो आयोजनाबाट सुख्खायाममा ४१.६३ गिगावाट आवर र वर्षायाममा ९६.६३ गिगावाट आवर गरी कुल वार्षिक १३८.२६ गिगावाट आवर विद्युत उत्पादन हुनेछ । कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग (टेक अर पे) को आधारमा विद्युत खरिद बिक्री संझौता सम्पन्न गरीसकेको छ ।

बिद्युतमा आत्मनिर्भर बनाउने नेपाल सरकारको लक्ष्यमा साथ दिंदै बिधुत तथा उर्जा बिकास जस्ता राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी बढाउँदै जाने बैँकको लक्ष्य बमोजिम बैँकले देशभर हालसम्म बिभिन्न ४० भन्दा बढी बिद्युत आयोजनाहरुमा लगानी गरिसकेको प्रभु बैँकका कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए ।

प्रकाशित : ११ आश्विन २०७७, आईतवार १२:५९