नबिल बैंकको ग्रिन पिक सेवा सुचारु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नबिल बैंकको ग्रिन पिक सेवा सुचारु



काठमाडाै । नबिल बैंकले नबिल ग्रिन पिक सोवा सुचारु गरेको छ । डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटीएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा प्रदान गर्न बैंकले यो सेवा सुचारु गरेको हो ।

बैंकले ग्रिन पिन सेवा मार्फत नयाँ ग्राहकलाई नयाँ पिन सेट गर्न र पूराना ग्राहकलाई बिर्सिएको पिन स्वयम्ले रिसेट गर्ने सुबिधा प्रदान गरेको छ ।


बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले अब ग्राहकले बैंकद्वारा जारी गरिएको कुनै पनि कार्डको पिन सेट गर्नु परेमा वा पिन बिर्सिएमा बैंक शाखामा आएर पिन रिसेटका निम्ति आवेदन दिईरहनु नपर्ने बताए । ग्राहकहरुले नजिकैको नबिल बैंकको एटीएमबाट सहजै आफैले पिन रिसेट गर्न सक्ने उनले जानकारी दिए । शाहले ग्रिन पिन सेवा मार्फत बैंकले पिन प्रिन्ट गर्न प्रयोग हुने कागजको र पिनलाई प्याक गर्न प्रयोग हुने प्लास्टिकको उपभोग घटाउँदै वातावरण मैत्री सेवाको सुभारम्भ गरेको बताएका छन् ।

ग्रिन पिन मार्फत पिन सेट अथवा रिसेट गर्न ग्राहकहरुले नजिकैको नबिल बैंकको एटीएममा गई कार्ड मसिनमा राखेर ‘ग्रिन ओपीटी फर पिन’ मेनु छान्नु पर्नेछ । त्यस पश्चात ग्राहकहरुले बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा २४ घण्टाको म्याद रहेको ‘ओपिटी’ प्राप्त हुनेछ । त्यस पश्चात ग्राहकहरुले ‘इन्टर ओपिटी टु चेन्ज योर पिन’ मेनु छनौट गरि प्राप्त भएको ओपीटी’ राखेर पिन सेट अथवा रिसेट गर्न सकिनेछ ।

हाल बैंकले देश भरी ११९ शाखा र १८५ एटिएम काउण्टरहरु मार्फत् बैंकिङ सेवा प्रवाह गरेको छ ।

प्रकाशित : ९ आश्विन २०७७, शुक्रबार १५:२८