ज्योति लाईफ इन्स्योरेन्स तेश्रो वर्षमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ज्योति लाईफ इन्स्योरेन्स तेश्रो वर्षमा



काठमाडाै । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट तेश्रो वर्ष सफलताका साथ पुरा गरि चौथो वर्षमा प्रवेश गरेको छ । यो कम्पनीले २०७४ आश्विन ८ गतेबाट औपचारिक रुपमा व्यवसाय शुभारम्भ गरेको थियो ।

घातक रोग सहितको सेवा दिने पहिलो नेपाली जीवन बीमा कम्पनीको रुपमा व्यवसाय प्रारम्भ गरेको यस कम्पनीले बैशाख २५, २०७६ देखि सर्वाधिक ३५ वटा घातक रोग विरुद्ध अधिकतम ५० लाख सम्मको सुविधा दिने एक मात्र कम्पनी बनेको कम्पनीको दाबी छ ।

११७ वटा शाखा सञ्जाल सहित सातै प्रदेशको ७२ जिल्लाबाट सेवा प्रवाह गर्दै तेश्रो आर्थिक बर्षमा झन्डै दुई अर्ब कुल बीमा शुल्क संकलन गरेको छ।

आइएसओ 9001:2015 गुणस्तार चिन्ह प्रमाण पत्र प्राप्त कम्पनीले बीमितहरुलाई बोनस बृद्धि सहित सल्भेन्सी अनुपात १.८३ कायम गरेको छ । कम्पनीको कुल लगानी ३ अर्ब ५० करोड गरेको छ । जसको जीवन बीमा कोषमा २ अर्ब पुगेको छ ।

कम्पनीले चौथो बर्षमा प्रवेश गरेको अवसरमा समस्त बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियमक निकाय तथा शुभचिन्तकहरुलाई हार्दिक आभार व्यक्त गर्दै आगामि दिनमा निरन्तर साथको अपेक्षा रहेको कुरा कम्पनीका कार्यकारी प्रमुख प्रकाश बिक्रम खत्रीले जनकारी गराए ।

प्रकाशित : 24 September, 2020 7:36 pm