११ लाख ३३ हजार ३ सय ४४ कित्ता शेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

११ लाख ३३ हजार ३ सय ४४ कित्ता शेयर बिक्रीमा



काठमाडौं । मेगा बैंकले हकप्रदमा अवितरित ११ लाख ३३ हजार ३ सय ४४ कित्ता शेयर लिलामीमा बिक्री गर्ने भएको छ ।

यस अघि बैंकले २०७४ भदौ २७ देखि कार्तिक १४ गतेसम्म हकप्रद निष्काशन गरेको थियो । उक्त हकप्रद निष्काशन गर्दा बिक्रि नभएको शेयर बैंकले लिलाम गर्न लागेको हो ।

बैंकले लिलाम गर्न लागेको शेयर मध्ये ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता संस्थापक समुहको छ भने बाँकि ७ लाख ७ हजार ३ सय ९४ दशमलव ९३ कित्ता साधारण शेयर छ ।

उक्त शेयरमा असोज ११ देखि असोज १८ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन दिँदा न्युनतम १ सय कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ ।

प्रकाशित : ६ आश्विन २०७७, मंगलवार २१:५५