ऋणपत्र निष्कासन गर्न तयारीमा ग्लोबल आइएमई बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ऋणपत्र निष्कासन गर्न तयारीमा ग्लोबल आइएमई बैंक



काठमाडाै । ग्लोबल आइएमई बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेकाे छ । बैंकले भाद्र २९ गते साेमबार सेबाेनमा निवेदन पेश गरेकाे हाे ।

बैंकले १० वर्ष अवधिको लागि ३ अर्ब रूपैयाँ बराबरको ‘८.५ प्रतिशत, १० वर्ष ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ नाम गरेकाे ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न निवेदन पेश गरेकाे छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सेञ्चुरी क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रकाशित : ६ आश्विन २०७७, मंगलवार १५:५७