प्रभु लाइफ इन्स्योरेन्सको साधारणसभा असोज २९ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु लाइफ इन्स्योरेन्सको साधारणसभा असोज २९ गते



काठमाडाै । प्रभु लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज २९ गते बिहिबार काठमाडौँको होटेल मेरियटमा सभा आह्वान गरेको हो ।

सभामा आर्थिक वर्ष ७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, वित्तीय विवरणहरु स्वीकृत गर्ने, लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने, संचालक समितिका निर्णय अनुमोदन गर्ने लगायतका साधारण प्रस्ताव पेश हुने छ ।

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने र उक्त संशोधनमा फेरबदल आवश्यक परेमा आवश्यक संशोधन तथा परिमार्जनको कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ ।

२ अर्ब चुक्ता पुंजी रहेको कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन। कम्पनीले छिट्टै नै सर्वसाधारणलाई ६० करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने अत्यारी गरेको छ।

प्रकाशित : ५ आश्विन २०७७, सोमबार ११:३४