नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्तबीच एकिकृत कारोबार शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्तबीच एकिकृत कारोबार शुरु



काठमाडाै। नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे एकीकृत कारोबार आज (असाेज ५ गते, साेमबार) देखि शुरु भएकाे छ ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई भाद्र ७ गते अन्तिम स्वीकृती प्रदान गरिसकेकाे छ । दुवै कम्पनीको गत असार २४ गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

यी दुई वित्तीय संस्था मर्जर पश्चात अब “सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड” को नामबाट एकीकृत कारोबार हुनेछ ।

प्रकाशित : ५ आश्विन २०७७, सोमबार ११:१२