एनआइसी एशिया बैंकका संचालक समितिका अध्यक्ष अग्रवाल ‘प्रबल जनसेवा श्री चतुर्थ’द्वारा विभूषित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआइसी एशिया बैंकका संचालक समितिका अध्यक्ष अग्रवाल ‘प्रबल जनसेवा श्री चतुर्थ’द्वारा विभूषित



काठमाडौं । एनआइसी एशिया बैंकका संचालक समितिका अध्यक्ष तथा विशाल ग्रुपका उपाध्यक्ष एवम् प्रतिष्ठित उद्योगी व्यवसायी तुलसीराम अग्रवाल ‘प्रबल जनसेवा श्री चतुर्थ’द्वारा विभूषित हुने भएका छन् । संविधान दिवस २०७७ को अवसरमा राष्ट्रपतिद्धारा विभूषित हुने भएका हुन ।

अग्रवालले पाँच दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पु¥याएको हुनाले अग्रवाललाई सरकारले विभूषित गर्ने भएको हो ।

अग्रवाल बैंकको अध्यक्षका साथै हाल विशाल गु्रपको उपाध्यक्ष, मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै औद्योगिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउँदै आएका छन । उनीले ख्न् फाउण्डेसनमार्फत समाजको हित रक्षाको लागि समेत उल्लेख्य कार्य गर्दै आएका छन ।

प्रकाशित : ३ आश्विन २०७७, शनिबार २०:३०