सहकारी संस्थाहरूको साधारणसभा विद्युतीय माध्यमबाट, यस्तो छ ब्यवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

सहकारी

सहकारी संस्थाहरूको साधारणसभा विद्युतीय माध्यमबाट, यस्तो छ ब्यवस्था



काठमाडाै । सहकारीहरुकोलागि सहकारी विभागले साधारणसभाका लागि निर्देशिका जारी गरेको छ ।सहकारी संस्थाहरूको साधारणसभा विद्युतीय माध्यमबाट गर्न सकिने भएको छ । सहकारी विभागले बिहीबार साधारण सभासम्बन्धी नयाँ सूचना जारी गर्दै विद्युतीय माध्यमबाट सहकारीहरूले साधारण सभा गर्नसक्ने जानकारी दिएको हो ।

यसरी गरिएको साधारण सभामा कम्तीमा ५१ प्रतिशत सेयर सदस्यको अनिवार्य उपस्थितिको व्यवस्था गरिएको छ भने साधारणसभा पनि तोकिएकै समयमा गर्नुपर्ने उल्लेख गरिएको छ। कोरोना भाइरस (कोभिड–१९) कारण यतिबेला भौतिक उपस्थितिमा साधारण सभा सम्पन्न गर्न गाह्रो पर्ने भएकाले पनि यस्तो व्यवस्था गरिएको हो ।

यो संगै सहकारीका सदस्य र कर्मचारीहरुलाई भने केही राहात हुने भएको छ । सदस्यलाई लाभांश दिने र कर्मचारीलाई दशै खर्च लगायताका सुविधा साधारणसभाबाट पारित गर्दै आएका थिए ।
सहकारी विभागले जारी गरेको साधारण सभा निर्देशिकामा भएको ब्यवस्थाः

१.सहकारी ऐन २०७४ ले तोकेको समयभित्र लेखापरिक्षण सम्पन्न गरी साधारणसभाको लागि तयारी गर्ने ।

२.समयमै सञ्चालक समितिको बैठक बसी सहकारी ऐनले निर्दिष्ट गरेको साधारण सभाको कार्यहरुको बारेमा तयारी अवस्थामा रहने ।

३.साधारण सभाको लागि तयार गरिएको प्रतिवेदन र साधारण सभामा भाग लिने माध्यम सम्बन्धित संघ संस्थाको वेबसाईंटमा अपलोड गर्ने यदि सम्बन्धित संघसंस्थाको वेबसाईट नभएमा नियमनकारी निकायको स्वीकृति लिएर सार्बजनिक सूचना प्रसारण गरी प्रतिबेदन र साधारणसभा सम्बन्धी अन्य जानकारी प्राप्त गर्ने स्थान र समयको बारेमा सदस्यलाई सूचित गर्ने ।

४.सञ्चालक समितिले पारित गरी साधारण सभाको लागि तयार गरिएको प्रतिवेदन साधारणसभाको कम्तिमा १५(पन्ध्र) दिन वा सम्बन्धित सहकारी संस्थाको बिनियममा तोकिएको समय अगावै सबै शेयर सदस्यले प्राप्त गरे नगरेको टेलिफोन, इमेल, लगायत माध्याम्बाट सुनिश्चित गर्ने र सो को अभिलेख राख्ने ।

५.प्रतिवेदन पठाउदा नै सदस्यहरूले प्रतिवेदन माथिको सुझाव, सल्लाह वा संशोधन प्रस्ताव समेत भए सो सहित साधारणसभाको लागि तोकिएको दिनमा उपस्थित हुन वा अगाडी नै लिखित जानकारी गराउन आग्रह गर्ने र सो प्रतिबेदन उपर प्राप्त लिखित सुझाब समेत साधारण सभाको निर्णयमा समाबेश गर्ने ।

६.साधारण सभा कार्यक्रम बिद्युतिय माध्यमबाट सञ्चालन गर्न सकिनेछ (गणपूरक संख्याको हकमा भने १५ दिन वा बिनियममा तोकिएको समयभित्र सदस्यहरुलाई प्रतिबेदन बितरण गर्दा गरिएको हस्ताक्षर अनुरुप तत्काल कायम सदस्यको ५१ प्रतिशत पुग्नु पर्नेछ ) र संभव भएसम्म साधारण सभा सञ्चालन अबधि भरिको सबै गतिविधिहरू सामाजिक सञ्जाल वा स्थानीय सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाउने साथै बिधुतीय माध्यमबाट गरिने साधारण सभाको सम्पूर्ण रेकाङि नियमनकारी निकायमा साधारण सभा सकिएको ७ दिनभित्र पेश गर्नुपर्नेछ ।

७.यदि साधारण सभा बिद्युतीय माध्यमबाट सञ्चालन गर्न नसकिने अवस्था भएमा सदस्य संख्या, सदस्यको फैलावट तथा कार्यक्षेत्र समेतको विचार गरी बढीमा १५(पन्ध्र) दिनसम्म वा सहकारी संस्थाको स्वीकृत बिनियममा तोकिएको समय सम्म साधारण सभा सञ्चालन अवधि कायम राखी उपस्थिति पुस्तिका खुल्ला गर्न सकिने र सदस्यहरुलाई १५ दिनभित्र हस्ताक्षर गर्नका लागि उपस्थित हुने समय र स्थानको जानकारी अग्रीम गराउने , साथै निर्णय पुस्तिकामा हस्ताक्षर गर्न छानिएका प्रतिनिधिहरुलाइ सोही समयमा निर्णय पुस्तिकामा समेत हस्ताक्षर गराउने र नियामक निकायबाट समेत प्रमाणित गराउने,
८.साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्नको लागि कार्यक्रमकै दिनमा प्रतिनिधिहरु चयन गर्ने ।
९.सदस्यहरूले दिएका सुझावाहरु समेटी साधारण सभाको निर्णय पुस्तिका तयार पार्ने ।
१०.एक भन्दा बढी जिल्ला कार्यक्षेत्र भएको सहकारी संस्थाको हकमा सेवा केन्द्रहरु मार्फत प्रत्येक जिल्लाको भिन्न भिन्नै उपस्थिति पुस्तिका तयार पारी १५ दिनभित्र अध्यावाधिक गराई केन्द्रमा अभिलेख कायम गर्ने ।


११.साधारण सभामा उपस्थित हुने सदस्यहरुको उपस्थितिको अभिलेखको आधारमा कानून बमोजिमको गणपूरक संख्या पूरा भएमा मात्र साधारण सभाले बैधानिकता पाउनेछ ।
१२. सहकारी ऐन २०७४ को दफा ४०(५) बमोजिम समान कार्यसूचीमा छलफल तथा निर्णय गर्नेगरी एकाइगत रुपमा हुने साधारण सभाको हकमा पनि माथि उल्लेखित बुँदाहरुको पूर्ण पालना गर्ने ।
१३. साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्ने गरी चुनिएका प्रतिनिधिहरुले सबै एकाईको जम्मा मतसंख्यालाई आधार लिई बहुमतको प्रस्ताव पारित हुनेगरी निर्णय प्रमाणित गर्न ।
१४. अन्य व्यवस्था प्रचलित कानून बमोजिम हुने ।
यो ब्यबस्था नेपाल सरकारले भेला जमघटमा निषेधाज्ञा तोकेको अवस्थारस्थानले सदस्यहरु भेला हुन बन्चित भएको समयको लागी मात्र हुने र नेपाल सरकारले निषेधाज्ञा हटाएमा भने प्रचलित कानूनी प्राबधान अनुरूप नै साधरणसभा गर्नुपर्ने छ ।

प्रकाशित : १ आश्विन २०७७, बिहीबार २१:२२