माछापुच्छ्रे बैंकले लाभांश वितरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंकले लाभांश वितरण गर्ने



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । बिहिबार बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्ष (२०७६/७७) को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १०.४ प्रतिशत लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश अन्तर्गत बैंकले ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद लाभांश (कर सहित) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामि बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने समेत निर्णय गरेको छ ।

प्रकाशित : १ आश्विन २०७७, बिहीबार १६:४४