रिलायवल नेपाल लाईफ इन्स्योरेन्सका डेपुटी सिईओको शंकास्पद चलखेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

रिलायवल नेपाल लाईफ इन्स्योरेन्सका डेपुटी सिईओको शंकास्पद चलखेल



रिलायवल नेपाल लाईफ इन्स्योरेन्सको डेपुटी सिईओ अगम मुखियाले राजिनामा दिएका छन् । मुखियाले राजिनामा दिएपनि स्वीकृत भैसकेको छैन ।
रिलायवलमा राजिनामा स्वीकृत नहुँदै सानिमा लाईफको संचालक समितिले सिईओ नियुक्तीको लागी बीमा समिति पठाएको छ । मुखियाको राजिनामा स्वीकृत नहुँदै सानिमालाइले सिईओ नियुक्ती प्रक्रिया थालेको हो ।


नेपाल लाईफमा १२ वर्ष काम गरेका अगम मुखिया रिलायवल नेपाल लाईफमा स्थापना देखीनै आवद्ध रहेका थिए । अगम मुखियालाई सिईओ नियुक्तीको लागी सिफारिस भई आएको बीमा समिति स्रोतले जनाएको छ । बुधबार सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको सिईओमा अगम मुखियालाई नियुक्त गर्ने प्रस्ताव बीमा समितिमा पुगेको छ ।


सर्टिफिकेट समेत नक्कली भएको खुलासा

मुखियाको एसएलसी र आइएको सर्टिफिकेट नक्कली रहेको बुझिएको छ । यस विषयमा बीमा समितिले अध्यायन छानविनमा ध्यान दिएको छैन । मुखियाले ३ विषयमा माष्टर्स गरेका छन । तर उनको एसएलसी र आइएको सर्टिफिकेट विदेशी रहेको छ । यस विषयमा नियमनकारी निकायको ध्यान दिन जरुरी छ । १ महिना अधि एक इन्स्योरेन्सक कम्पनीका डेपुटी सिईओको पनि नक्ककली सर्टिफिकेटबारे छानविन हुने डरले कम्पनी छाडेका थिए ।अनलाइनपानबाट साभार

प्रकाशित : १ आश्विन २०७७, बिहीबार १३:०९