ग्लोबल आइएमई समुन्नत योजना १ले कति देला प्रतिफल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई समुन्नत योजना १ले कति देला प्रतिफल



काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना १ ले घोषणा गरेको प्रतिफलका लागि बुक क्लोजको मिति सार्वजनिक गरेको छ ।

योजनाले घोषणा गरेको कर सहितको ४ प्रतिशत नगद प्रतिफलका लागि असोज ९ गते एक दिन बुक क्लोज गर्ने भएको हो । योजनाले आर्थिक वर्ष २०७६/७७ का लागि उक्त प्रतिफल वितरण गर्न लागेको हो ।

योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको भदौ १४ गतेको सञ्चालक समितिको बैठकले उक्त प्रतिफल दिने निर्णय गरेको थियो ।

बुक क्लोजको आधारमा असोज ९ गतेभन्दा अघिल्लो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई प्रचलित कानुन बमोजिम तोकिएको अवधिभित्र रितपूर्वक नामसारी भई आएका इकाईधनीहरुले मात्र यो प्रतिफल पाउनेछन् ।

यस योजनाले रू. १० करोड बराबरको इकाई विक्री गरेको थियो । साउन मसान्तसम्म यस योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य १० रूपैयाँ ६४ पैसा रहेको छ ।

प्रकाशित : ३१ भाद्र २०७७, बुधबार १५:०२