सिटिजन्स म्युचुअल फण्ड १ र २ काे लाभांश घाेषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिटिजन्स म्युचुअल फण्ड १ र २ काे लाभांश घाेषणा



काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सिटिजन्स म्युचुअल फण्ड – १ र फण्ड – २ काे लाभांश घाेषणा गरिएकाे छ ।

सीबीआईएल क्यापिटल लिमिटेड हिजाे भाद्र २९ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ का लागि सिटिजन्स म्युचुअल फण्ड – १ का इकाईधनीहरूलाई कर सहित १५ प्रतिशतका दरले हुन आउने १२ कराेड ३० लाख रूपैयाँ बराबरकाे नगद लाभांश र सिटिजन्स म्युचुअल फण्ड – २ का इकाईधनीहरूलाई कर सहित १० प्रतिशतका दरले हुन आउने ५ कराेड ६० लाख रूपैयाँ बराबरकाे नगद लाभांश वितरण गर्ने घाेषणा गरिएकाे हाे ।

प्रकाशित : ३० भाद्र २०७७, मंगलवार १४:३०