वाेमी लघुवित्त शेयर कारोबार किन रोकियो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

वाेमी लघुवित्त शेयर कारोबार किन रोकियो ?



काठमाडौँ । वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने भएकाे छ । संस्थाकाे भदौ २६ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकको निर्णयअनुसार यस वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेड बीच गाभ्ने/गाभिने कार्य गर्ने प्रयाेजनका लागि सम्झौतापत्रमा सम्बन्धमा हस्ताक्षर भएकाे थियो ।


मर्जरमा जाने सम्झौता भएसँगै नेपाल स्टक एक्सचेञ्जले लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ। बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयर काराेबार राेक्का गरिएकाे छ । आज (भदौ २८ गते, आइतबार) बाट संस्थाको शेयर कारोबार रोक्का गरिएको हो ।

प्रकाशित : २८ भाद्र २०७७, आईतवार १३:५४