प्रुडेन्सियल इन्स्योरेन्सको संचालकमा को को आए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रुडेन्सियल इन्स्योरेन्सको संचालकमा को को आए ?



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १८ औं वार्षिक साधारण सभा भदौं २६ गते बारामा सम्पन्न भएको छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवण कुमार अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

साधारणसभाले कम्पनीको २० प्रतिशत प्रवर्द्धक शेयर साधारणा शेयरमा परिणत गर्ने निर्णय गरेको छ । यसअघि ८० प्रतिशत प्रमोटर शेयर र २० प्रतिशत पब्लिक शेयर रहेकोमो अब ६० प्रतिशत प्रमोटर र ४० प्रतिशत पब्लिक शेयर हुने निर्णय साधारणसभाले गरेको छ ।

वार्षिक साधारण सभाबाट कम्पनीको संस्थापक समूह क अन्तर्गत ४ जना सञ्चालकहरुको निर्वाचन सम्पन्न गरेको छ जसमा सञ्चालक विशाल अग्रवाल, अमित अग्रवाल , अर्पित अग्रवाल र विवेक विजुक्छे निर्विरोध निर्वाचित भएका छन ।

प्रकाशित : २७ भाद्र २०७७, शनिबार ०९:२२